ब्लड प्रेसर नाप्नुअघि ध्यान दिनुपर्ने कुरा « Khabarhub

ब्लड प्रेसर नाप्नुअघि ध्यान दिनुपर्ने कुरा


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा उच्च रक्तचापको समस्या हुने गरेको छ । यो विश्वब्यापी रुपमा बढ्दै गएको स्वास्थ्य समस्या मध्ये एक हो । हरेक वर्ष विश्वभर उच्च रक्तचापका कारण ७५ लाखबढि मानिसको मृत्यु हुने गरेको छ ।

मुटु सम्बन्धी रोगका कारण हुने उच्च रक्तचापको समस्याले शरीरको रक्त सञ्चारमा प्रभाव पार्दछ । जसका कारण स्ट्रोक हुने सम्भावना उच्च हुन्छ । त्यसैले नियमित रुपमा रक्तचाप (ब्लड प्रेसर)को परीक्षण गराइरहनु पर्दछ । तर रक्तचाप नाप्दा हुने साधारण लापरबाहिले कतिपय मानिसको रक्तचाप बढि देखिने गर्दछ । यस्ता लापरबाहिलाई यसरी घटाउनु पर्दछ ।

– रक्तचाप जाँच गर्दा बोल्नु हुदैँन । धेरै बोलेमा वास्तविक भन्दा धेरै रक्तचाप देखिन्छ ।
– रक्तचाप परीक्षणका क्रममा शान्त बस्नु पर्दछ ।
– लुगा बाहिर रक्तचाप नाप्ने मेसिनको कफ (बिपी कफ)लाई बाध्नु हुदैन ।
– लुगा बाहिर कफ बाधेमा रक्तचापको सही नाप आउँदैन ।
– बिपी कफले रक्त चाप नापिने व्यक्तिको पाखुराको छाला छोएको हुनु पर्दछ ।
– बिपी कफ लगाइ सकेपछि हातलाई उठाउनु वा झुण्ड्याउनु हुँदैन ।
– बिपी कफलाई मुटुको समानान्तर हुने गरी मिलाएर राख्नु पर्दछ ।
– रक्तचाप नाप्दा निहुरीएर वा उत्तानो परेर बस्नु हुदैन । सीधा बस्नु पर्दछ ।
– रक्तचाप नाप्दा खुट्टा खप्ट्याएर बस्नु हुँदैन । दुवै खुट्टा अलगअलग हुनु पर्दछ ।
– सकेसम्म खुट्टाले जमिन वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनु पर्दछ ।
– पिसाब लागेको बेला रक्तचाप नाप्नु हुँदैन । अन्यथा बढि देखिन सक्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १० : २६ बजे

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो

काठमाडौं- नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू