ब्लड प्रेसर नाप्नुअघि ध्यान दिनुपर्ने कुरा | Khabarhub Khabarhub

ब्लड प्रेसर नाप्नुअघि ध्यान दिनुपर्ने कुरा


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा उच्च रक्तचापको समस्या हुने गरेको छ । यो विश्वब्यापी रुपमा बढ्दै गएको स्वास्थ्य समस्या मध्ये एक हो । हरेक वर्ष विश्वभर उच्च रक्तचापका कारण ७५ लाखबढि मानिसको मृत्यु हुने गरेको छ ।

मुटु सम्बन्धी रोगका कारण हुने उच्च रक्तचापको समस्याले शरीरको रक्त सञ्चारमा प्रभाव पार्दछ । जसका कारण स्ट्रोक हुने सम्भावना उच्च हुन्छ । त्यसैले नियमित रुपमा रक्तचाप (ब्लड प्रेसर)को परीक्षण गराइरहनु पर्दछ । तर रक्तचाप नाप्दा हुने साधारण लापरबाहिले कतिपय मानिसको रक्तचाप बढि देखिने गर्दछ । यस्ता लापरबाहिलाई यसरी घटाउनु पर्दछ ।

– रक्तचाप जाँच गर्दा बोल्नु हुदैँन । धेरै बोलेमा वास्तविक भन्दा धेरै रक्तचाप देखिन्छ ।
– रक्तचाप परीक्षणका क्रममा शान्त बस्नु पर्दछ ।
– लुगा बाहिर रक्तचाप नाप्ने मेसिनको कफ (बिपी कफ)लाई बाध्नु हुदैन ।
– लुगा बाहिर कफ बाधेमा रक्तचापको सही नाप आउँदैन ।
– बिपी कफले रक्त चाप नापिने व्यक्तिको पाखुराको छाला छोएको हुनु पर्दछ ।
– बिपी कफ लगाइ सकेपछि हातलाई उठाउनु वा झुण्ड्याउनु हुँदैन ।
– बिपी कफलाई मुटुको समानान्तर हुने गरी मिलाएर राख्नु पर्दछ ।
– रक्तचाप नाप्दा निहुरीएर वा उत्तानो परेर बस्नु हुदैन । सीधा बस्नु पर्दछ ।
– रक्तचाप नाप्दा खुट्टा खप्ट्याएर बस्नु हुँदैन । दुवै खुट्टा अलगअलग हुनु पर्दछ ।
– सकेसम्म खुट्टाले जमिन वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनु पर्दछ ।
– पिसाब लागेको बेला रक्तचाप नाप्नु हुँदैन । अन्यथा बढि देखिन सक्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १० : २६ बजे

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका