कास्की- गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १२३ पुगेको छ ।
अध्यावधिक विवरण अनुसार थप २४ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या २ हजार १२३ पुगेको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २४ संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
संक्रमित तनहुँको भानुका २२ जना छन् । बाग्लुङ तामानखोला-२ का दुई महिला मध्ये १ जना स्वास्थ्यकर्मी छन् । अर्का एक स्थानीय व्यापारी हुन् । अन्य सबै संक्रमित कन्ट्याक्ट टेसिङबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।
प्रतिक्रिया