सुतेर पनि इम्युनिटी पावर बनाउन सकिने यस्तो छ जनस्वास्थ्य विज्ञ डा. पाण्डेको सुझाव « Khabarhub

सुतेर पनि इम्युनिटी पावर बनाउन सकिने यस्तो छ जनस्वास्थ्य विज्ञ डा. पाण्डेको सुझाव


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विरुद्ध लड्न मानव जीवनमा निद्राको ठूलो भूमिका रहने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा एक स्ट्याटस लेख्दै उनले कोरोना संक्रमण लगायतका विभिन्न रोगहरूसँग लड्नका लागि निद्राको ठूलो भूमिका रहने बताएका हुन् ।

रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका छ । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ । हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं । हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं । त्यस्तै राम्रोसंग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं । हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहार जत्तिकै महत्व दिइएको छ ।’

उनले भनेका छन्, ‘हामी रातिमा ७-९ घण्टा सुत्यौँ भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुन्छ । जसले गर्दा हामी खुसी हुन्छौं साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।’

डा पाण्डेका अनुसार यस्तो छ सुत्ने तालिका
१४- २५ बर्षको उमेरको व्यक्तिलाई = ८- १० घण्टा
२६-६४ बर्षको व्यक्तिलाई = ७- ९ घण्टा
६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई = ७- ८ घन्टा

डा पाण्डेले फेसबुकमा यस्तो लेखेका छन्

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : १८ बजे

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित