सुतेर पनि इम्युनिटी पावर बनाउन सकिने यस्तो छ जनस्वास्थ्य विज्ञ डा. पाण्डेको सुझाव | Khabarhub Khabarhub

सुतेर पनि इम्युनिटी पावर बनाउन सकिने यस्तो छ जनस्वास्थ्य विज्ञ डा. पाण्डेको सुझाव


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विरुद्ध लड्न मानव जीवनमा निद्राको ठूलो भूमिका रहने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा एक स्ट्याटस लेख्दै उनले कोरोना संक्रमण लगायतका विभिन्न रोगहरूसँग लड्नका लागि निद्राको ठूलो भूमिका रहने बताएका हुन् ।

रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका छ । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ । हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं । हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं । त्यस्तै राम्रोसंग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं । हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहार जत्तिकै महत्व दिइएको छ ।’

उनले भनेका छन्, ‘हामी रातिमा ७-९ घण्टा सुत्यौँ भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुन्छ । जसले गर्दा हामी खुसी हुन्छौं साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।’

डा पाण्डेका अनुसार यस्तो छ सुत्ने तालिका
१४- २५ बर्षको उमेरको व्यक्तिलाई = ८- १० घण्टा
२६-६४ बर्षको व्यक्तिलाई = ७- ९ घण्टा
६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई = ७- ८ घन्टा

डा पाण्डेले फेसबुकमा यस्तो लेखेका छन्

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : १८ बजे

यस्तो देखियो एमालेको युथ सेलिब्रेसन (तस्बिरहरू)

काठमाडौं– सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको

राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सव रक्तदान गरेर मनायो 

काठमाडौं– नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सव मनाएको छ ।

बालेनको दाबी- काठमाडौं टावरमा अर्बौँको नीतिगत भ्रष्टाचार, गुरागाईं केन्द्र सरकारको मिसन बोकेर आए

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको

खाद्य व्यवस्था जनकपुरद्वारा गहुँ खरिद सुरु

जनकपुरधाम– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले

निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी