नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु | Khabarhub Khabarhub

नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् ।

पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए । “पहिरोबाट १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको छ,” उनले भने, “फोन सम्पर्क नहुँदा पूर्ण विवरण आउन सकेको छैन ।”

उनका अनुसार जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गर्नुका साथै जेसिबीसमेतले उद्धारको काम गरिरहेको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउँदै गरिएको जानकारी दिए ।

घटनामा के कति मानवीय क्षति भएको छ ? भन्ने एकीन विवरण आउन नसकेको बताउँदै उनले जुम्लाबाट नेपाल प्रहरी, विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १ : ३१ बजे

नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक सङ्घीय संसद्को चालु

एमालेभित्रका माओवादीको कन्तबिजोक !

काठमाडौँ – नेपालका दुई प्रमुख कम्युनिष्ट दलहरू नेकपा (एमाले) र

काँकडभिट्टा-लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ

भद्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा  झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा

विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह

काठमाडौं– (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना

 धनगढी– सुदूरपश्चिमका दुई मन्त्री सवार छुट्टाछुट्टै गाडी एक–आपसमा ठोक्किएर दुर्घटना