आज काठमाडौं उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित | Khabarhub Khabarhub

आज काठमाडौं उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका छन् ।

यसअघि शनिबार (हिजो) काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १९ जना गरी जम्मा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।

आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ । हालसम्म कूल संक्रमितमध्य ५४ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ४ : २० बजे

भारतीय प्रधानमन्त्री मोदीले पाए साइप्रसको सर्वोच्च नागरिक सम्मान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइप्रसमा सर्वोच्च नागरिक सम्मान प्रदान

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : पूर्वअर्थमन्त्री शर्मा

 काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसको

दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलको पहिलो

आजका समाचार : प्रचण्डविरुद्ध खनिँदै एमाले, संसद्‌मा रास्वपाको फरक रूप र  इरान-इजरायल तनाव जारी 

दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमालेसत्ताको

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

काठमाडौं– त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेको