भक्तपुरमा थपिए ४५ कोरोना संक्रमित « Khabarhub

भक्तपुरमा थपिए ४५ कोरोना संक्रमित


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा आइतबार थपिएका ४२९ जना संक्रमित मध्ये ४५ जना संक्रमित भक्तपुरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार नेपालमा १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ४ : ५८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र