महोत्तरीमा मोटरसाइकलको ठक्करले वृद्धको मृत्यु « Khabarhub

महोत्तरीमा मोटरसाइकलको ठक्करले वृद्धको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा पर्ने निगौल गाउँमा आज मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–२ निगौल गाउँ बस्ने ६० वर्षीय वृद्ध उपेन्द्र मण्डल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।

गौशालाबाट–सम्सीतर्फ जाँदै गरेको ज ७ प २८७७ नम्बरको मोटरसाइकलले बाटोमा हिड्दै गरेका वृद्ध मण्डललाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

मण्डलको शव परीक्षणका लागि जनकपुरमै राखिएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : २७ बजे

इरानले लडाकु विमान खसालेको अमेरिकाले गर्‍यो पुष्टि

काठमाडौं- इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

वासिङ्टन – ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले