महोत्तरीमा मोटरसाइकलको ठक्करले वृद्धको मृत्यु « Khabarhub

महोत्तरीमा मोटरसाइकलको ठक्करले वृद्धको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा पर्ने निगौल गाउँमा आज मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–२ निगौल गाउँ बस्ने ६० वर्षीय वृद्ध उपेन्द्र मण्डल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।

गौशालाबाट–सम्सीतर्फ जाँदै गरेको ज ७ प २८७७ नम्बरको मोटरसाइकलले बाटोमा हिड्दै गरेका वृद्ध मण्डललाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

मण्डलको शव परीक्षणका लागि जनकपुरमै राखिएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : २७ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको