लाइसेन्स बनाइदिन्छु भन्दै १७ हजार घुस लिने विचौलिया पक्राउ « Khabarhub

लाइसेन्स बनाइदिन्छु भन्दै १७ हजार घुस लिने विचौलिया पक्राउ


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी चालक अनुमति पत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने बिचौलियालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था कार्यालय, बिर्तामोड, झापाबाट सवारी चालक अनुमतिपत्र (३ चक्के अटो रिक्सा) को लागि लिइने लिखित परीक्षा उत्तीर्ण गरी प्रयोगात्मक परीक्षा उत्तीर्ण हुनको लागि प्रयोगात्मक परीक्षा स्थलमा खटिने कर्मचारीलाई घुस दिनु पर्छ भन्दै सेवाग्राहीसँग रकम लिने बिचौलिया सराफ शेखलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले शेखलाई सेवाग्राहीसँग सत्र हजार घुसबापतको रकम लिसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ३ : ५९ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको