कोरोनाले बेलायत र यूएईमा थप तीन नेपालीको मृत्यु « Khabarhub

कोरोनाले बेलायत र यूएईमा थप तीन नेपालीको मृत्यु

हालसम्म १६ देशमा १९५ नेपालीले ज्यान गुमाए 



दोहा – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा १ जना र संयुक्त अरव इमिरेट्स (युएई)मा २ जनाको ज्यान गएको हो । योसहित शनिबार साँझसम्म १६ देशमा गरी १९५ जना नेपालीहरुको निधन भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमित नेपालीको संख्या सामान्य वृद्धि भएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १६ देशमा रहेका १९५ नेपालीहरुको ज्यान गएको हो ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएकोमा ३२ हजार ५ सय ११ जना संक्रमणमुक्त भइसकेको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेतना अपनाउन समेत नेपाली समुदायलाई आग्रह गरेको छ ।

समितिका संयोजक डा. सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमणको जोखिम बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सीमित संख्या र सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

डा. सापकोटाले कोरोना संक्रमितहरुलाई पनि उच्च मनोबल राख्न अनुरोध गरेका छन् । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउन आग्रह गरेका छन् ।

आफूलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा. सापकोटाको भनाइ छ ।

मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीत-संगीत सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गरे ।

‘कोभिड–१९’ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सबैलाई सचेत रही उच्च सावधानी अपनाउन आग्रह गरे ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ९ : ०२ बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण