विश्वभर एकैदिन २ लाख २० हजारलाई कोरोना संक्रमण, ४१ सयभन्दा बढीको मृत्यु « Khabarhub

विश्वभर एकैदिन २ लाख २० हजारलाई कोरोना संक्रमण, ४१ सयभन्दा बढीको मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख ८२ हजार ४९७ पुगेको छ ।

संक्रमितमध्ये ६९.७४ प्रतिशत अर्थात १ करोड ७७ लाख ४ हजार ७६१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ४ हजार १८२ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५० हजार ५०२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार ३९७ जनाको मृत्यु भएको छ । ३५ लाख ५५ हजार १९७ जना संक्रमित भएकोमा २० लाख ६५ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७० हजार ५१४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७३ लाख ११ हजार ६७१ पुगेको छ । त्यसमध्ये ४२ लाख ३ हजार ३७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४१ हजार १६७ जनाको मृत्यु भएको छ । ६९ लाख ९२ हजार ४२६ जना संक्रमित भएकोमा ५५ लाख ९९ हजार ५४९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १ हजार १३६ जनाको मृत्यु भएको छ । ६२ लाख ४३ हजार ७०७ जना संक्रमित भएकोमा ४८ लाख ३२ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ६३३ जनाको ज्यान गएको छ भने १२ लाख ५० हजार ३७५ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ७९ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६४० जनाको मृत्यु भएको छ । २८ हजार ४०० जना संक्रमित भएकोमा २३ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : ३४ बजे

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि