होम आइसोलेसनमै संक्रमितको मृत्यु | Khabarhub Khabarhub

होम आइसोलेसनमै संक्रमितको मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा कोरोना संक्रमित महिलाको होम आइसोलेसनमै मृत्यु भएको छ ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकलपर्सन ईश्वरी पौड्यालले बताए ।

ती महिलामा भदौ ११ गते कोरोना पुष्टि भएको थियो । आइतबार अचानक स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु फोकलपर्सन पौड्यालले बताए ।

बुटवलमा भेन्टिलेटर र आइसियु खाली नभएको जानकारी पाएपछि भैरहवा पठाइएको पौडेलले बताए । रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको जिल्ला स्वास्थ्य कार्यलय, रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १ : ३३ बजे

यातायात कार्यालय जनकपुरधामले सङ्कलन गर्‍यो करिब ६७ करोड रुपैयाँ राजस्व

जनकपुरधाम- यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ६६

कमला नहरमा डुबेका बालकको शव भेटियो

सिरहा– सिरहाको कर्जन्हा नगरपालिका–११ बगहास्थित कमला नहरमा डुबेर हराएका करिब छ

प्राचीन शिव मन्दिरको भग्नावशेषको निहुँमा किन लड्दैछन् थाइल्याण्ड र कम्बोडिया ?

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच बिहीबारदेखि शुरु भएको तनाव आज तेस्रो

बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन मुख्यमन्त्री आचार्यको आग्रह

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकेसम्म रेफर गर्न नपर्ने

‘जबजलाई मार्गदर्शक सिद्धान्त बनाइनु घोर दक्षिणपन्थी कुरा हो’- कम्युनिस्ट एकता गर्ने झलनाथ सूत्र

काठमाडौं– नेकपा एकीकृत सामाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले जबजलाई