यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्ला « Khabarhub

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्ला


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांकनुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रौतहट र रुपन्देही रहेका छन्।

यसैगरि मुस्ताङ र हुम्लामा सक्रिय संक्रमित शुन्य रहेको मन्त्रालयले जनाएको छ।

देशभर आईसीयूमा उपचाररत संक्रमितको संख्या १३२ रहेको छ।

मन्त्रालयका अनुसार प्रदेश-१ मा चार जना, प्रदेश-२ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा तीन र प्रदेश-५ मा १७ जना संक्रमितलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

यसैगरि देशभर भेण्टिलेटरमा राखेर उपचार भइरहेका विरामीको संख्या १६ रहेको छ।

मन्त्रालयले प्रदेश-१ मा एक जना, बागमती प्रदेशमा १३ जना र प्रदेश-५ मा २ जना संक्रमितलाई भेण्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ।

नेपालमा आज (सोमबार) थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२८ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : १७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई