अफगानिस्तानमा बम हमला गरी दुई जनाको हत्या | Khabarhub Khabarhub

अफगानिस्तानमा बम हमला गरी दुई जनाको हत्या


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको काबुलमा आइतबार सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना भएको हो ।

उक्त प्रान्तको नाड ए अली जिल्लामा भएको सो विस्फोटबाट अरु केही घाइते भएका पनि बताइएको छ ।

सो जिल्लाका गभर्नर आयु ओमार आमरीले सर्वसाधारण नागरिकको हत्या गर्ने उद्देश्यले उक्त जिल्लाको सार्वजनिक सडकमा बम राखिएको र त्यसमा परी दुईजनाको ज्यान गएको पुष्टि गरे ।

सो बम यहाँका तालिबानीहरुले राखेको पनि उनले अनुमान लगाए ।

पछिल्ला केही दिनहरुमा अफगानिस्तानमा सुरक्षाको अवस्था झन् नाजुक भएको छ । अफगानिस्तानको सरकारले त्यहाँका तालिबानहरुसँग वार्ता गर्ने तयारी भएको भनिए पनि यहाँ हत्या हिंसाको कार्य भने रोकिएको छैन ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ४३ बजे

पञ्चेबाजा र हुर्केउली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ 

धनगढी– संस्कृति र सभ्यता मानव समाजका सम्पत्ति हुन् । मानवको परिचय

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं– देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू, छैनन् विद्यार्थी

म्याग्दी– विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र

दाउन्ने सडक फेरि अवरुद्ध

काठमाडौं – महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दाउन्ने सडकमा सवारी