नेप्सेमा २२ अङ्कको वृद्धि « Khabarhub

नेप्सेमा २२ अङ्कको वृद्धि


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । काठमाडौँ उपत्यकाभित्र कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको भए पनि शेयर बजारमा त्यसले कुनै प्रभाव पारेको छैन ।

लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले कारोवारमा कुनै पनि उल्झन नआएको हो । बरु दैनिक जसोनै कारोवार रकममा वृद्धि भएको छ । मुलुकको अर्थतन्त्र चलायनमान अवस्थामा रहेको धितोपत्र बजारमा देखिएको उत्साहले सङ्केत गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा २२.३३ अङ्कको सुधार आएको छ । नेप्से झण्डै एक हजार ५०० को बिन्दु नजिक पुग्न लागेको छ । कूल २२.३३ बिन्दुले नेप्सेमा वृद्धि भई एक हजार ४८४.९९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.०५ ले वृद्धि भई २९८.३५ मा पुगेको छ । कूल १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर रु तीन अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर वृद्धि भएको छ । होटल उपसमूह ०.७७ बिन्दुले घट्दा बैंकिङ ४.९५, व्यापार १८.०५, विकास बैंक १.५, जलविद्युत् ३३.६१, वित्त १.१, निर्जीवन बीमा २३३.७, उत्पादन ८८.७१, अन्य ३७.४, लघुवित्त ८.५८, जीवन बीमा २६०.३३ र सामूहिक लगानी कोष ०.०८ ले वृद्धि भएको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ७४ लाख ५७ हजार २२८ बराबरको कारोवार भयो । यस्तै नेको इन्स्योरेन्स रु १७ करोड ७८ लाख १९ हजार ७०४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १६ करोड ८१ लाख १३ हजार ३१७, शिवम् सिमेन्ट रु १५ करोड ७१ लाख ७६ हजार ७५९, हिमालयन डिस्टिलरी रु १५ करोड ३२ लाख ३४ हजार ४२६ र सूर्या लाइफ इन्स्योरेन्स रु १२ करोड ८७ लाख चार हजार ६४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी १०, उन्नति सहकार्य लघुवित्त ९.९४, एनआरएन इन्फ्रास्टकचर ९.९४, सिनर्जी पावर कम्पनी ९.६५, अरुण काबेली पावर ९.४५, रैराङ हाइड्रोपावर ९.२८, पाँचथर पावर कम्पनीका लगानीकर्ताले ९.२४ प्रतिशतले कमाए ।

यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनी ७.२९, घोडीघोडा लघुवित्त ४.५८, ओरियण्टल होटल लिमिटेड ३.७२, मितेरी डेभलपमेन्ट बैंक २.६२, गुह्यश्वरी मर्चेन्ट बैंक २.३८ र सिन्धु विकास बैंकका शेयरधनीले २.३८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ०१ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित