प्रणव मुखर्जीको निधनबाट नेपालले असल मित्र गुमायो: राष्ट्रपति भण्डारी « Khabarhub

प्रणव मुखर्जीको निधनबाट नेपालले असल मित्र गुमायो: राष्ट्रपति भण्डारी


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले असल मित्र गुमाएको बताएकी छिन् ।

भण्डारीले सोमवार साँझ ट्वीट गर्दै भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनको खबरले आफू मर्माहत भएको बताएकी छिन् ।

‘भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दु:खद् निधनबाट मर्माहत भएको छु,’‌ भण्डारीले ट्वीटमार्फत व्यक्त गरेकी छिन्, ‘नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु, उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।’

कोरोना भाइरसको संक्रमण पुष्टि भएका मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा आज (सोमवार) निधन भएको हो । कोरोना देखिएपछि मुखर्जीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : ३९ बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन