कतारबाट हिमालय एयरलाइन्सले थप ४ उडान गर्ने « Khabarhub

कतारबाट हिमालय एयरलाइन्सले थप ४ उडान गर्ने



दोहा- कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन कतारबाट पछिल्लो चरणमा ४ वटा उडान तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको जनाएको छ ।

ती उडानहरुका लागि प्राथमिकता सूचिमा नाम भएका व्यक्तिहरु तथा दूतावासले प्राथमिकता सूचिमा समावेश गरी उक्त एअरलाईन्समा यात्रा गर्नका लागि नाम प्रकाशित गरिसकेका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत हवाई टिकटका लागि ट्राभल एजेन्सीमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

नेपाल सरकारको निर्णय बमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोरोना नेगेटिभ भएको प्रमाणपत्र लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईने दूतावासले जनाएको छ ।

यात्रा गर्दा पीसीआर परीक्षणको सक्कल प्रमाण साथमा राख्नु पर्नेछ । पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने र पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने दूतावासले जनाएको छ ।

होटल क्वारेन्टिनको खर्च टिकट काटने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एअरलाईन्सले नै गर्नु पर्नेछ। पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राइभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिनेछ ।

नेपाल एयरलाईन्सले गर्ने दोहा-काठमाण्डौ सेक्टरका उडानहरुका लागि प्राथमिकता सूचिको थप नामावली प्रकाशित गर्दै लगिने दूतावासले जनाएको छ । कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या १० हजार भन्दा बढी रहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ८ : १३ बजे

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

बन्दीपुर– तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा

नेतान्याहुले युएई भ्रमण गरेको दाबी सार्वजनिक भएसँगै खाडी क्षेत्रमा नयाँ बहस सुरु

जेरुसेलम- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा