दशैंमा नयाँ नोट वितरण गर्ने/नगर्नेबारे अझै निर्णय भएको छैन: राष्ट्र बैंक « Khabarhub

दशैंमा नयाँ नोट वितरण गर्ने/नगर्नेबारे अझै निर्णय भएको छैन: राष्ट्र बैंक


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्ने या नगर्नेबारे अझै निर्णय भइनसकेको जनाएको छ । दशैं आउन अझै केही महिना रहेकाले अझै यो निर्णय नगरिएको बैंकले जनाएको छ ।

यसअघि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बैंकले यसपटकको दशैंमा नयाँ नोट वितरण नगर्ने खबर मिडियालाई दिइएको थियो । यसबारेमा असोजको पहिलो साता आधिकारिक रुपमा सूचना दिने बताइएको थियो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले नयाँ नोट वितरण गर्ने/नगर्ने विषयमा अर्को महिनामात्र छलफल हुने बताए । उनले नयाँ नोट नबाँडिने सूचना गलत भएको दाबी गरे ।

‘दशैं आउन अझै केही समय छ, असोजमा मात्र निर्णय हुन्छ, बाहिर आएका समाचारहरु गलत हुन्,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ३ : ०९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका