दशैंमा नयाँ नोट वितरण गर्ने/नगर्नेबारे अझै निर्णय भएको छैन: राष्ट्र बैंक « Khabarhub

दशैंमा नयाँ नोट वितरण गर्ने/नगर्नेबारे अझै निर्णय भएको छैन: राष्ट्र बैंक


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्ने या नगर्नेबारे अझै निर्णय भइनसकेको जनाएको छ । दशैं आउन अझै केही महिना रहेकाले अझै यो निर्णय नगरिएको बैंकले जनाएको छ ।

यसअघि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बैंकले यसपटकको दशैंमा नयाँ नोट वितरण नगर्ने खबर मिडियालाई दिइएको थियो । यसबारेमा असोजको पहिलो साता आधिकारिक रुपमा सूचना दिने बताइएको थियो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले नयाँ नोट वितरण गर्ने/नगर्ने विषयमा अर्को महिनामात्र छलफल हुने बताए । उनले नयाँ नोट नबाँडिने सूचना गलत भएको दाबी गरे ।

‘दशैं आउन अझै केही समय छ, असोजमा मात्र निर्णय हुन्छ, बाहिर आएका समाचारहरु गलत हुन्,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ३ : ०९ बजे

अध्यक्षमा बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को