कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका मेयर शाक्यले भने- छिट्टै कोरोनालाई जितेर आउँछु « Khabarhub

कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका मेयर शाक्यले भने- छिट्टै कोरोनालाई जितेर आउँछु


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भदौ १४ गते आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यकी धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखियो ।

त्यसपछि दुवैजना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगे । अस्पताल पुगेसँगै चिकित्सकको सल्लाहअनुसार नै दुबैले पीसीआर परीक्षणका लागि स्वाब दिए ।

‘परीक्षणसँगै दुबैको स्वाब दिएपछि हामी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेका थियौं’ मेयर शाक्यले भने, ‘ सोमबार अस्पतालले दिएको जानकारी अनुसार मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो । धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ ।’

उनले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण देखिएको जानकारी गराए ।

‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको छु’ मंगलवार एक विज्ञप्ति जारी गर्दै उनले भने, ‘जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु ।’

त्यस्तै प्रमुख शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन् ।

‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ,’ ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईंहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।’

मेयर शाक्यले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको स्मरण गराए ।

लकडाउनको सुरुको अवस्थादेखि अहिले जारी निषधाज्ञासम्म काठमाडौँवासी र सेवाग्राहीको सेवामा घरपरिवार र जीवनको समेत प्रवाह नगरी कठिन अवस्थामा पनि अहोरात्र खटिरहनु भएका जनप्रतिनिधि र कर्मचारीप्रति उच्च सम्मान दर्शाएका छन् ।

‘मलाई संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म मेरो प्रत्यक्ष सम्पर्कमा आउनु भएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पीसीआर परीक्षण गराउन समेत अनुरोध गरेका छन् ।

‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु,’ उनले भने ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ३ : ५९ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका