यस्ती छिन् नेपालकी भाञ्जी अर्थात् गोविन्दाकी छोरी टिना (फोटो फिचर) « Khabarhub

यस्ती छिन् नेपालकी भाञ्जी अर्थात् गोविन्दाकी छोरी टिना (फोटो फिचर)


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता गोविन्दा र नेपाली मुलकी सुनिताकी छोरी टिना आहुजा सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।

गोविन्दा नेपालका ज्वाइँ हुन् । नब्बेको दशकका चर्चित यी अभिनेता विभिन्न कार्यक्रमका सिलसिलामा नेपाल आएका छन् । टिना पनि नेपाल आएकी छिन् ।

नेपालमा हुने विभिन्न कार्यक्रमको अतिथि भएर आउँदा गोविन्दालाई आयोजकले नेपालका ज्वाइँ भनेर सम्बोधन गर्ने गर्दछन् ।

९० को दशक गोविन्द बलिउडका चर्चित कलाकार थिए । कुल्ली नं १, राजा बाबु, आन्दोलन, पाटर्नर जस्ता हिट फिल्म खेलेका गोविन्दा बलिउडमा चम्केका छन् । तर, उनकी छोरी टिना भने खासै जम्न सकिनन् ।

गतवर्षको भदौ महिनामा अवार्ड समारोहका लागि टिना नेपाल आएकी थिइन् । उनी नेपाल आउँदा नेपालकी भान्जी भन्दै आयोजकले परिचित गराएका थिए ।

टिनाले सन् २०१५ मा ‘सेकेण्ड ह्याण्ड हजबेन्ड’ मार्फत फिल्ममा डेब्यु गरिन् । तर, उनको डेब्यु धमाकेदार हुन सकेन ।

अन्य सेलिब्रेटी किड्स रातारात चम्किरहँदा टीनाको डेब्यु फितलो देखियो । टीनाको सुन्दरताको भने निकै नै तारिफ हुने गरेको छ ।

हेर्नुहोस् टिनाका तस्वीर:

 

 

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ८ : ०४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको