आज ५ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान, २६४ नेपाली फर्किए | Khabarhub Khabarhub

आज ५ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान, २६४ नेपाली फर्किए


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ ।

सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ । यस्तै हिमालय एयरलाइन्सले दोहाबाट १२६ यात्रु काठमाडौँ ल्याएको छ । एयर अरेबियाको जहाजले ६ हजार ६५० कार्गो नेपाल ल्याएको छ ।

यता नेपाल एयरलाइन्सको जहाज आज राति १ः०० बजे जापानको नारिता उड्दैछ । नियमित उडानअन्तर्गत निगमको यो पहिलो उडान हो ।

नारिताबाट नेपाली लिएर बुधबार काठमाडौँ फर्कने तालिका छ । आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि चीनको कुनमिङ उड्ने विमानस्थलले जनाएको छ ।

बुधबार पनि विभिन्न मुलुकबाट पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन् । हिमालय एयरलनइज्सले माल्दिम्भमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनेछ ।

सोही एयरलाइन्सले चीनको कुनमिङ र चोङकीङबाट कार्गो ल्याउनेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने उडान तालिका छ ।

आन्तरिकतर्फ आज विभिन्न एयरलाइन्सका सात चार्टर्ड उडान भएका छन् । समिट एयरले सिमिकोट, श्री एयरको हेलीले डोल्पा, प्रभुले लमजुङ मनाङ एयरले पोखरा, सिम्रिक एयरको हेलीले खोटाङ, तारा एयरले फाप्लु र एयरडाइनेष्टिले रुकुममा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : ३४ बजे

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाडौं – काठमाडौँको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

उद्यमीलाई प्रधानमन्त्रीले भने- हाम्रो देश हामीले नै बनाउने हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान्

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

पाटन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन

देशभरका सात राजमार्ग अवरुद्ध

काठमाडौं– मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी

सोल- दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका