केवटको नेपालमै मर्ने इच्छा पूरा भएन « Khabarhub

केवटको नेपालमै मर्ने इच्छा पूरा भएन



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपालीको मृत्यु भएको छ। नेपालमै अन्तिम सास फेर्ने धोको रहेका रुपन्देहीका क्यान्सर पीडित रामसजीवन केवटको मृत्यु भएको हो ।

विगत ६ महिनादेखि फोक्सोमा क्यान्सर भएर उपचाररत सजीवनको यूएईको अलऐनस्थित तवाम अस्पतालमा मृत्यु भएको हो । उनलाई विगत तीन महिनादेखि क्याम्ब्रिज मेडिकल तथा रिहाबेसन सेन्टरमा राखिएको थियो।

फोक्सोमा क्यान्सर भएका उनी निको हुन नसक्ने अवस्थामा पुगेको अस्पतालले यसअघि नै बताएको थियो ।  दुई वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा उनी यूएई पुगेका थिए ।

गत अगष्ट १७ तारिख नेपाल फर्किने तयारीमा रहेका उनी नेपाल सरकारको अपरिपक्व निर्णयको कारण यूएई पुगेको नेपाल एयरलाईन्सको उडान अन्तिम समयमा आएर रद्द हुँदा नेपाल फर्कन पाएका थिएनन् ।

उनलाई नेपाल पुगेर छोराछोरी तथा घरपरिवार भेट्ने ठूलो धोको थियो । मरे पनि नेपालमै मर्ने उनको इच्छा पूरा भएन ।

एनआरएन यूएईको पहलमा उनी १७ तारिकमा नेपाल फर्कँन तयार थिए । तर सरकारले जहाज रित्तो फर्काउँदा उनको अन्तिम इच्छा पनि पूरा भएन । अन्ततः यूएईमै प्राण त्यागे ।

रामसजीवन जस्तै अरुले पनि यसरी घरपरिवार भेट्ने इच्छा हुँदाहुँदै विदेशमै प्राण त्याग गर्ने दिन नआहोस्, आफ्नो जन्मभूमि फर्किन चहाने सबैलाई समयमै उद्धार गर्नमा कुनै पनि कसर बाँकी नराख्न प्रवासी नेपालीले नेपाल सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ०० बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा