केवटको नेपालमै मर्ने इच्छा पूरा भएन | Khabarhub Khabarhub

केवटको नेपालमै मर्ने इच्छा पूरा भएन



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपालीको मृत्यु भएको छ। नेपालमै अन्तिम सास फेर्ने धोको रहेका रुपन्देहीका क्यान्सर पीडित रामसजीवन केवटको मृत्यु भएको हो ।

विगत ६ महिनादेखि फोक्सोमा क्यान्सर भएर उपचाररत सजीवनको यूएईको अलऐनस्थित तवाम अस्पतालमा मृत्यु भएको हो । उनलाई विगत तीन महिनादेखि क्याम्ब्रिज मेडिकल तथा रिहाबेसन सेन्टरमा राखिएको थियो।

फोक्सोमा क्यान्सर भएका उनी निको हुन नसक्ने अवस्थामा पुगेको अस्पतालले यसअघि नै बताएको थियो ।  दुई वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा उनी यूएई पुगेका थिए ।

गत अगष्ट १७ तारिख नेपाल फर्किने तयारीमा रहेका उनी नेपाल सरकारको अपरिपक्व निर्णयको कारण यूएई पुगेको नेपाल एयरलाईन्सको उडान अन्तिम समयमा आएर रद्द हुँदा नेपाल फर्कन पाएका थिएनन् ।

उनलाई नेपाल पुगेर छोराछोरी तथा घरपरिवार भेट्ने ठूलो धोको थियो । मरे पनि नेपालमै मर्ने उनको इच्छा पूरा भएन ।

एनआरएन यूएईको पहलमा उनी १७ तारिकमा नेपाल फर्कँन तयार थिए । तर सरकारले जहाज रित्तो फर्काउँदा उनको अन्तिम इच्छा पनि पूरा भएन । अन्ततः यूएईमै प्राण त्यागे ।

रामसजीवन जस्तै अरुले पनि यसरी घरपरिवार भेट्ने इच्छा हुँदाहुँदै विदेशमै प्राण त्याग गर्ने दिन नआहोस्, आफ्नो जन्मभूमि फर्किन चहाने सबैलाई समयमै उद्धार गर्नमा कुनै पनि कसर बाँकी नराख्न प्रवासी नेपालीले नेपाल सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ०० बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि

अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले घरेलु जहाज निर्माण उद्योगलाई बढावा दिन