फ्रान्सका राष्ट्रपति म्याँक्रोन इराकमा, भ्रमण सम्बन्ध सुधारमा केन्द्रित | Khabarhub Khabarhub

फ्रान्सका राष्ट्रपति म्याँक्रोन इराकमा, भ्रमण सम्बन्ध सुधारमा केन्द्रित


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोन बुधबार इराकको राजधानी बग्दाद पुगेका छन् ।

लेबनानको दुई दिने भ्रमणपछि उनी इराक पुगेका हुन् । इराकमा गुप्तचर पूर्वप्रमुख मुस्ताफा अल कादिमी प्रधानमन्त्री भएपछि फ्रान्सबाट इराक पुगेकामध्ये म्याँक्रोन नै सबैभन्दा वरिष्ठ पदाधिकारी हुन् ।

इराकमा कादिमीको नेतृत्वमा गत मे महिनामा नयाँ सरकार गठन भएको हो ।  फ्रान्सेली राष्ट्रपति म्याँक्रोनले इराक भ्रमणका क्रममा इराकी राष्ट्रपति बर्हाम सलिह, प्रधानमन्त्री कादिमीलगायतका शीर्ष नेताहरुलाई भेट्ने अपेक्षा गरिएको छ ।

भेटवार्ताका क्रममा उनीहरूबीच आपसी सम्बन्ध, दुई पक्षीय सहकार्य, कोरोनाभाइरसको असर, आर्थिक संकट, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा छलफल हुने बताइएको छ ।

अल कादिमी नेतृत्वको सरकारलाई इराकमा संयुक्त राष्ट्रसंघले पनि समर्थन गरेको छ । तर अमेरिका र इराकका बीचमा भने तनाब थप बल्झिएको छ ।

इराकमा गत जनवरीमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणका क्रममा मृत्यु भएपछि दुई देशबीचको सम्वन्ध थप बिग्रिएको हो ।

फ्रान्सेली राष्ट्रपति म्याँक्रोनले अमेरिकासँगको सम्बन्ध सुधारका बारेमा पनि इराकी शीर्ष नेताहरुसँग छलफल गर्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : ४९ बजे

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित