यसकारण हानीकारक छ मादकपदार्थ « Khabarhub

यसकारण हानीकारक छ मादकपदार्थ


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय नेपाली संस्कृतीमा रक्सीलाई परम्परा नै मानिन्छ । चार्डपर्व, रीतिरिवाज तथा उत्सवहरूमा मद्यपान गर्ने फेसन निकै बढेको छ । यी समुदायमा जन्म, मृत्यु तथा विवाह आदिमा समेत मदिरा अपरिहार्य हुन्छ ।

यसको सेवन गर्नेहरु यसलाई पेनकिलरको रुपमा मनको पीडा कम गर्ने तर्क सार्दछन् । तर रक्सी नशाकालागि सेवन गरिन्छ । यसमा पाइने अल्कोहल लागूपदार्थ हो, जसले मानिसलाई बिस्तारै लत लगाउँछ ।

सामान्यतया एक बयस्क मान्छेको कलेजोले १ घन्टामा २० मिलिलिटर भोड्का, ७० मिलिलिटर वाइन, अथवा २०० मिलिलिटर बियरमा भएको अल्कोहलको मात्रालाई शुद्ध बनाउन सक्छ । यो भन्दा छिटो र बढी खाएको रक्सी सिधै रगतमा पुग्दछ । यस्तोमा मुटुले काम गर्न नसक्ने वा मान्छे मर्न पनि सक्छ ।

रक्सी सेवनबाट हुने हानी
रगतमा ४०० मिलिग्राम प्रतिशत भन्दा बढी अल्कोहल पुगेमा मानिसको मृत्यु हुन सक्छ ।
यसले पेटको रोगहरू ग्यासट्रिक, अल्सर तथा पैंक्रियाटाइटिस हुने संभावना हुन्छ ।
लगातार रक्सी सेवनले उच्च रक्तचाप बढाउँछ ।
नियमित अधिक मात्रामा रक्सी खानेहरुमा फोक्सो तथा मुटुका रोगको संभावना हुन्छ ।
रक्सीको सेवनले मानिसमा चिन्ता रोग तथा डिप्रेसन बढाउँछ ।
नियमित रक्सीको कुलतमा फस्नेहरुमा लिंग उत्तेजनामा कमी आउँछ ।
रक्सी सेवन गर्ने गर्भवती वा स्तनपान गराउने महिलाका सन्तानमा अपांगता आउन सक्छ ।

त्यसैले रक्सी पिउने कुलतबाट टाढा बस्नु नै उपयुक्त हुन्छ । यसले आर्थिक, मानसिक, पारिवारिक र शारीरिक हरेक पक्षमा हानी पुर्याउँछ । त्यसैले तत्काल रक्सी पिउन छाड्नु नै बुद्धिमानी हुन्छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : ०९ बजे

पोखराबाट काठमाडौं आइरहेको बस मध्यराति त्रिशूलीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं– पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बस मध्यराति (सोमबार बिहान

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र