एनसेल आजियाटाले ल्यायो आकर्षक ‘ननस्टप’ अफरहरु « Khabarhub

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘ननस्टप’ अफरहरु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डेटाको फाइदालिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो ।

‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबार ९भदौ १८० देखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

यस आकर्षक योजनामा ग्राहकले आफुलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरे पछि त्यस प्याकको समयसिमा बाँकी भएसम्म ननस्टप मजा लिन सक्नेछन् । जस्तै यदि कुनै ग्राहकले ७ दिनको ननस्टप टिकटक प्याक रु १०० ९कर सहित रु १२७।६९० मा सुचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको ननस्टप मजा लिन सक्नेछन् । यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप युट्युब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार मात्र रु २५ ९कर सहित ३१।९२० मा १ दिनको समयसिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले ४ जीबीबोनस डेटा सहितको ७ दिनको समयसिमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र रु १५० ९कर सहित रु १९१।५४० मा सुचारु गर्न सक्छन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको ननस्टप युट्युब प्याक रु ३६० ९कर सहित ४५९।६८० मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

७ दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्नुहुने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । ग्राहकले उल्लेखित ननस्टप प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० ९कर सहित मात्र २५।५४० मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् ।

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स१ह्यास डायल गरी ननस्टप अफरको लागि प्राप्त निर्देशन अनुसार आफ्नो मनपर्ने प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभु पे मार्फत पनि आफ्नो मनपर्ने प्याक सुचारु गर्न सक्नेछन् ।

एनसेल आजियाटाका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकका लागि उनीहरुले मन पराउने सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याकहरु ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको बताए । “सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल नन्स्टप प्रयोग गर्न पाईने र साथै इन्टरनेटमा अन्य सामाग्री हेर्न पनि थप ४ जीबी डेटा बोनस पाईने सुविधाले ग्राहकहरु माझ ठूलो महत्व राख्ने कुरामा हामी विश्वस्त छौं ।”

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेल आजियाटाले वायर फ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : २४ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र