काठमाडौंमा दिउँसो १ देखि साँझ ७ बजेसम्म मात्रै ‘होम डेलिभरी’ गर्न पाइने, यस्तो छ मापदण्डमा « Khabarhub

काठमाडौंमा दिउँसो १ देखि साँझ ७ बजेसम्म मात्रै ‘होम डेलिभरी’ गर्न पाइने, यस्तो छ मापदण्डमा


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको बेलामा होम डेलिभरी गर्ने मापदण्ड तयार पारेको छ ।

गत आइतबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा गठित समितिले निषेधाज्ञाको अवधिमा होम डेलिभरी गर्ने मापदण्ड तयार पारेको हो ।

काठमाडौंसहित उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा भदौ २४ गतेसम्म थपिएसँगै होम डेलिभरी गर्ने मापदण्ड तयार पारिएको हो ।

मापदण्ड बनेलगत्तै बिहीबारदेखि होम डेलिभरी सेवा सुचारु भएको नेपाल इकमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमका संयोजक सागरदेव भट्टले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको मापदण्डमा होम डेलिभरी गर्दा पालना गर्नुपर्ने शर्तहरु र होम डेलिभरी गर्न पाइने सामानहरुको सूची राखिएको छ ।

होम डेलिभरी गर्न सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्र, अनलाइन साइटमा सबै वस्तुको मूल्य सूची, सरकारकाले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने शर्त मापदण्डमा छ ।

यस्तै, सामान दिंदा सेवाग्राहीसँग कम्तिमा २ मिटरको दूरी कायम गर्नुपर्ने, सेवा वा वस्तु प्रदायकले अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने वा स्यानिटाइजरले हात सफा गर्नुपर्नेछ ।

सेवाग्राहीको माग बमोजिमको गुणस्तर कायम नभएमा सामान फिर्ता लैजानुपर्ने समेत मापदण्डमा उल्लेख गरिएको छ ।

दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मात्रै डेलिभरी गर्न पाइने मापदण्डमा उल्लेख छ ।

होम डेलिभरी गर्दा लिने व्यक्तिको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण संकलन गर्नुपर्ने व्यवस्था पनि मापदण्डमा उल्लेख छ ।

यस्तै, स्थानीय प्रशासन आफैंले वा अन्य निकायमार्फत होम डेलिभरी गर्ने कम्पनीको स्टोर, भान्सा र डेलिभरीको आकस्मिक अनुगमन गर्न सक्ने व्यवस्था पनि मापदण्डमा उल्लेख छ ।

खाना, औषधि र औषधिजन्य उत्पादनहरु, बच्चाले प्रयोग गर्ने उत्पादन, मातृस्वास्थ्य स्याहारका सामग्री, छालाको सुरक्षासम्बन्धी उत्पादन, व्यक्तिगत सरसफाई, घरपालुवा जनावरको स्यहारसम्बन्धी उत्पादन, कृषिजन्य बीउ विजन, उपकरण र औषधिजस्ता सामग्री होम डेलिभरी गर्न पाइने मापदण्डमा उल्लेख छ । मापदण्डमा होम डेलिभरी गर्न पाइने सामग्रीको सूची उल्लेख गरिएको छ ।

यस्तो छ मापदण्ड

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ९ : १८ बजे

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका