मज्जाले हाँस्नुहोस् फोक्सोको कसरत गर्नुहोस् « Khabarhub

मज्जाले हाँस्नुहोस् फोक्सोको कसरत गर्नुहोस्


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव अंगमा सबैभन्दा महत्वपुर्ण अंग हो, फोक्सो । फोक्सो बिना मानिस जीवित रहन सक्दैन । तर मानिसले जानअन्जानमा गर्ने जीवनशैली र आचरणले फोक्सोमा ठूलो समस्या आइपर्दछ । जसले हरेक बर्ष लाखौ मानिसको मृत्यु हुने गरेको छ । तसर्थ फोक्सोको स्वास्थ्यका लागी केहि कुरामा सावधानी अपनाउन आवश्यक हुन्छ ।

१. धुम्रपान त्याग्नुहोस्
लगभग सबैलाई थाहा छ, धुम्रपानले फोक्सोको क्यान्सर बनाउँछ । धुम्रपान फोक्सोको लागि मात्र होइन सम्पूर्ण श्वासप्रश्वास प्रणालीका लागी नै खराब हो । त्यसैले फोक्सोको स्वास्थ्यका लागी धुम्रपान त्याग्नु पर्ने हुन्छ ।

२. शारीरिक व्यायाम
आजकल मानिसहरु शारीरिक ब्यायाम गर्दैनन् । तर शारीरिक ब्यायामले फोक्सो सहि आकारमा राख्न मद्दत गर्दछ । छिटो छिटो स्वास फेर्ने, रोक्ने र विस्तारै स्वास फेर्नाले फोक्सोको ब्यायाम हुन्छ ।

३. प्रदूषणबाट बच्नुहोस्
फोक्सोलाई हानी पुर्याउने अर्को कारण हो प्रदुषण । धुवा, धुलोसहित शहरी प्रदुषणले फोक्सोलाई असर पार्दछ । त्यसैले सवारीको चाप हुने, धुवा निस्कने लगायतका स्थानमा बस्नु हुदैन ।

४. प्रशस्त पानी पिउने
शरीरमा पानी अत्यन्त महत्वपुर्ण हुन्छ । फोक्सो स्वस्थ हुन पनि पानी आवश्यक हुन्छ । त्यसैले फोक्सो स्वस्थ्य राख्न प्रशस्त पानी पिउनु पर्दछ ।

५. मज्जाले हास्नुहोस्
हाँस्दा हाम्रो शरीरका मांशपेशीको ब्यायाम हुन्छ । साथै मज्जाले हास्दा फोक्सोलाई समेत लाभ पुग्दछ । हाँस्दा फोक्सोको क्षमता वृद्धि हुन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : ५९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ