मज्जाले हाँस्नुहोस् फोक्सोको कसरत गर्नुहोस् « Khabarhub

मज्जाले हाँस्नुहोस् फोक्सोको कसरत गर्नुहोस्


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव अंगमा सबैभन्दा महत्वपुर्ण अंग हो, फोक्सो । फोक्सो बिना मानिस जीवित रहन सक्दैन । तर मानिसले जानअन्जानमा गर्ने जीवनशैली र आचरणले फोक्सोमा ठूलो समस्या आइपर्दछ । जसले हरेक बर्ष लाखौ मानिसको मृत्यु हुने गरेको छ । तसर्थ फोक्सोको स्वास्थ्यका लागी केहि कुरामा सावधानी अपनाउन आवश्यक हुन्छ ।

१. धुम्रपान त्याग्नुहोस्
लगभग सबैलाई थाहा छ, धुम्रपानले फोक्सोको क्यान्सर बनाउँछ । धुम्रपान फोक्सोको लागि मात्र होइन सम्पूर्ण श्वासप्रश्वास प्रणालीका लागी नै खराब हो । त्यसैले फोक्सोको स्वास्थ्यका लागी धुम्रपान त्याग्नु पर्ने हुन्छ ।

२. शारीरिक व्यायाम
आजकल मानिसहरु शारीरिक ब्यायाम गर्दैनन् । तर शारीरिक ब्यायामले फोक्सो सहि आकारमा राख्न मद्दत गर्दछ । छिटो छिटो स्वास फेर्ने, रोक्ने र विस्तारै स्वास फेर्नाले फोक्सोको ब्यायाम हुन्छ ।

३. प्रदूषणबाट बच्नुहोस्
फोक्सोलाई हानी पुर्याउने अर्को कारण हो प्रदुषण । धुवा, धुलोसहित शहरी प्रदुषणले फोक्सोलाई असर पार्दछ । त्यसैले सवारीको चाप हुने, धुवा निस्कने लगायतका स्थानमा बस्नु हुदैन ।

४. प्रशस्त पानी पिउने
शरीरमा पानी अत्यन्त महत्वपुर्ण हुन्छ । फोक्सो स्वस्थ हुन पनि पानी आवश्यक हुन्छ । त्यसैले फोक्सो स्वस्थ्य राख्न प्रशस्त पानी पिउनु पर्दछ ।

५. मज्जाले हास्नुहोस्
हाँस्दा हाम्रो शरीरका मांशपेशीको ब्यायाम हुन्छ । साथै मज्जाले हास्दा फोक्सोलाई समेत लाभ पुग्दछ । हाँस्दा फोक्सोको क्षमता वृद्धि हुन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : ५९ बजे

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार