पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न सकिने « Khabarhub

पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न सकिने


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्ने भएको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारबाट ३१ अगस्ट २०२० मा प्राप्त परिपत्र अनुसार राहदानीको म्याद सकिए पनि म्याद नाघेको एक वर्षभित्र कतार आइडी एक वर्षको लागि नवीकरण गर्न सकिने र भिजिट भिसा निश्चित अवधिका लागि नवीकरण गर्न सकिने व्यवस्था कतार सरकारले लागू गरेको जानकारी प्राप्त भएको जनाएको छ ।

अब पासापेर्टको म्याद सकिएको एक वर्ष ननाघेका नेपालीहरुले कतारी आईडी र भिसा सजिलै नवीकरण गर्न सक्ने दूतावासले उल्लेख गरेको छ ।

यो व्यवस्था कतार सरकारले कोरोना महामारी(कोभिड-१९) को कारणले राहदानी जारी तथा नवीकरण गर्न समस्या भएको हुनसक्ने अवस्थामा लागू गरिएको दूतावासले जनाएको छ । कतार सरकारको यो निर्णय संगै पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न नसकेका नेपालीलाई फाइदा पुग्ने दूतावासलेजनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ९ : ५९ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर