पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न सकिने | Khabarhub Khabarhub

पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न सकिने


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्ने भएको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारबाट ३१ अगस्ट २०२० मा प्राप्त परिपत्र अनुसार राहदानीको म्याद सकिए पनि म्याद नाघेको एक वर्षभित्र कतार आइडी एक वर्षको लागि नवीकरण गर्न सकिने र भिजिट भिसा निश्चित अवधिका लागि नवीकरण गर्न सकिने व्यवस्था कतार सरकारले लागू गरेको जानकारी प्राप्त भएको जनाएको छ ।

अब पासापेर्टको म्याद सकिएको एक वर्ष ननाघेका नेपालीहरुले कतारी आईडी र भिसा सजिलै नवीकरण गर्न सक्ने दूतावासले उल्लेख गरेको छ ।

यो व्यवस्था कतार सरकारले कोरोना महामारी(कोभिड-१९) को कारणले राहदानी जारी तथा नवीकरण गर्न समस्या भएको हुनसक्ने अवस्थामा लागू गरिएको दूतावासले जनाएको छ । कतार सरकारको यो निर्णय संगै पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न नसकेका नेपालीलाई फाइदा पुग्ने दूतावासलेजनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ९ : ५९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग