सरकारको 'रवैया'का कारण पुल्चोकमा झडप : शिव सेना नेपाल | Khabarhub Khabarhub

सरकारको ‘रवैया’का कारण पुल्चोकमा झडप : शिव सेना नेपाल


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिव सेना नेपालले रातो मच्छिन्द्रनाथको रथ जात्रामा सरकारको गैरजिम्मेवारीपूर्ण व्यवस्थापनका कारण झडपको भएको जनाएको छ ।

कोरोना महामारीको यस विषम परिस्थितिमा पनि व्यवस्थापन पक्ष फितलो हुँदा झडप भएको शिव सेना नेपालले जनाएको हो ।

हिन्दूराष्ट्र तथा राजसंस्था पक्षधर शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबाले भने, ‘मच्छिन्द्रनाथको जात्रालाई यो देशको सरकारले जनता मुर्ख बनाउने संसद जस्तै सम्झिए । जसलाई जति बेला मन लाग्छ संसद आह्वान गर्छन्, मुड चलेको बेला बन्द गरिदिन्छन् । त्यस्तो संसद जस्तो होइन, मच्छिन्द्रनाथको जात्रा । यो मौलिकता नबुझ्नेहरुका कारण आज पुल्चोकमा झडप भएको हो ।’

अध्यक्ष बस्नेतले झडपमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । झडपमा शिव सेना नेपालकै ललितपुर जिल्ला अध्यक्ष प्रमोदनाथ श्रेष्ठ समेत घाइते भएको बस्नेतले जानकारी दिए ।

कोरोना महामारीलाई कारण देखाएर जात्रा रोक्ने भन्दा पनि सजग भएर जात्रा सुचारु गर्ने, परम्परा धान्ने दर्जनौं उपायहरु हुँदा हुँदै पनि सरकारले झडप निम्त्याउने कार्य गरेको भन्दै बस्नेतले सरकारी रवैयाको भर्त्सना गरे ।

उनले भने, ‘यो व्यवस्था र यी पात्रहरुबाट देश नचल्ने मात्रै होइन, हामी नेपाली जातीको मौलिकता पनि समाप्त हुँदैछ । सबैभन्दा ठूलो चिन्ता चाहिँ यो हो ।’

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ०७ बजे

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको