प्रियंकाले भनिन् – आमा बन्न लागेकी छैन « Khabarhub

प्रियंकाले भनिन् – आमा बन्न लागेकी छैन


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकारद्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गत वर्षको फागुनमा धुमधामका साथ बिहे गरे ।

आफूलाई आयंका जोडी भनेर चिनाउने प्रियंका र आयुष्मानको वैवाहिक जीवन खुशीसाथ बितिरहेको छ ।

हालै प्रियंका र आयुष्मानले युट्युबमार्फत एक भिडियो सार्वजनिक गरेका छन्, जुन भिडियोमा उनीहरुले आफ्ना फ्यानले सोधेका प्रश्नको उत्तर दिएका छन् ।

प्रियंकाले भिडियोमार्फत फ्यानले जवाफ दिने क्रममा आफू अहिले आमा बन्न नलागेको स्पष्ट पारेकी छिन् । प्रियंकालाई उनका फ्यानहरुले आमा बन्न लागेको हो ? भनेर प्रश्न गर्दै आइरहेका थिए ।

‘म आमा बन्न लागेकी छैन, त्यस्तो भयो भने तपाईंहरुलाई भनिहाल्छु,’ प्रियंकाले भिडियोमार्फत भनिन् ।

साथै प्रियंकाले आयुष्मानसँग कसरी प्रेम बस्यो भन्ने प्रश्नको पनि जवाफ फर्काएकी छिन् । उनले प्रेम यत्तिकै भएको बताएकी छिन् ।

‘हामीले एकअर्कालाई प्रेम गर्ने भनेका पनि थिएनौं, बरु उसले (आयुष्मान) ले मलाई स्न्यापच्याटमा जिस्काउँथ्यो, तर हामी प्रेममा पर्छौं भनेर प्रेममा परेनौं,’ प्रियंकाले भनिन्, ‘यो यत्तिकै भयो ।’

पछिल्लो समय आयुष्मान र प्रियंकालाई फिल्म ‘लभ दिवस’ मा देखिएको थियो । उक्त फिल्म व्यावसायिक हिसाबले भने असफल रह्यो । दर्शकले प्रियंका र आयुष्मानलाई रिल लाइफमा भन्दा बढी रियल लाइफमा मन पराएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १ : ०२ बजे

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन