पत्नीको हत्या आरोपमा अनामनगरबाट एकजना पक्राउ « Khabarhub

पत्नीको हत्या आरोपमा अनामनगरबाट एकजना पक्राउ


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नै पत्नीको हत्या गरेको आरोपमा काठमाडौंको अनामनगरबाट एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– २९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका घर भएका ३६ वर्षीय अजय विक सोमबार बेलुकी पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी हरि बस्नेतका अनुसार उनले आफ्नै पत्नी ३३ वर्षीया पार्वती खड्कामाथि छुरा प्रहार गरी हत्या गरेका थिए ।

प्रहरीका अनुसार घरायसी विवादमा विकले पार्वतीलाई छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ३ : ११ बजे

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन