वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिइने | Khabarhub Khabarhub

वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिइने


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिएको छ । योसँगै निजी विद्यालयलाई शुल्क उठाउने बाटो खुलेको छ ।

मन्त्रालयले शैक्षिक सत्रमा गणना हुने गरी औपचारिक मान्यता दिने निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको संक्रमण लामो समय रहने भएकाले रेडियो, टेलिभिजन, अनलाइन तथा अन्य माध्यमबाट हुने सिकाइलाई औपचारिक मान्यता दिइने बताए ।

शुक्रवार भर्चुअल पत्रकार सम्मेलनका क्रममा पोखरेलले विद्यालय सञ्चालनमा अवरुद्ध हुँदा विद्यार्थीको सिकाइ अवरुद्ध हुने भन्दै उनले वैकल्पिक सिकाइ बढाउन अझ भूमिका खेल्ने  पनि बताए ।

शिक्षामन्त्री पोखरेलका अनुसार मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ पनि संशोधन गरेको छ । उनले भने, ‘वैकल्पिक विधिबाट हुने पढाइलाई मूल बनाउन नयाँ ढंगले निर्देशिका परिमार्जन गरेका छौं ।’

अब निजी विद्यालयले पनि विद्यार्थीबाट शुल्क लिएर अनलाइन पढाउन पाउने भएका छन् । यसका लागि भने स्थानीय तहबाट अनुमति लिएर शुल्क लिन पाउने व्यवस्था गरिएको शिक्षामन्त्री पोखरेलले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : २८ बजे

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड