एसईई विद्यार्थीका लागि एनसेल आजियाटाको ‘पहिलो सिम’ | Khabarhub Khabarhub

एसईई विद्यार्थीका लागि एनसेल आजियाटाको ‘पहिलो सिम’


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।

यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।

यो योजना बिहीबार (भदौ १८) देखि लागु भएको छ । पहिलो सिमलिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रतिफोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।

सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफुलाई सधै सम्पर्कमा रही रहनु पर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा मात्र रु ९९ पैसा प्रतिमिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा रु १०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक रु १०० बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसिमा रहेको ३०० एमबी (१०० एमबीअल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिमअन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ ।

एसईई सकेका विधार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न यस पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा एनसेल आजियाटा निकै खुसि रहेको कम्पनीले जनाएको छ । हाल विभिन्न जिल्लामा स्थानिय प्रशासनद्वारा कोरोनाभाइसको संक्रमण फैलन नदिन र यसको रोकथामका लागि निषेधाज्ञा जारी गरेको हुनाले सिम लिनको लागि पहिले आफ्नो नजिकैको एनसेल सेन्टर खुल्ला रहे/नरहेको बुझेर मात्र सिम लिनको लागि सतर्कता तथा सुरक्षा मापढण्ड अपनाई एनसेल सेन्टरमा जान कम्पनीले अनुरोध गरेको छ ।

विद्यार्थीले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स१७११८ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यस्तै, म्यूजिक र गेमिङ् प्याकको लागि पनि विभिन्न अप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्छन् ।

विगत चार वर्षदेखि हरेकवर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान आएका छौं । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहने छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १२ : २८ बजे

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, ३३ जनाको ज्यान गयो 

काठमाडौं– उत्तरी गाजाको शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा परी

तिम्रो चिहानमा म फेरि आइपुगेँ देवेन्द्र !

भोजपुर – सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरूबीच शान्ति प्रक्रियाका बाँकी

काठमाडौं महानगरपालिकाले आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले विश्व पर्यटन दिवस– २०८१ को अवसरमा पर्यटन

सडक अभावले करोडौँको स्याउ कुहिँदै

भक्तपुर– गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य

जग्गादातालाई प्रहरीको सम्मान

बझाङ– अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क