छुट्टीमा नेपाल गएका श्रमिकहरु अब बहराइन फर्कन पाउने « Khabarhub

छुट्टीमा नेपाल गएका श्रमिकहरु अब बहराइन फर्कन पाउने



दोहा – छुट्टीमा नेपाल गएका श्रमिकहरु अब पुनः बहराइन फर्कन सक्ने भएका छन् । विभिन्न स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर फर्कन पाउने बहराइनस्थित नेपाली दूतावासले जनाएको हो ।

दूतावासका अनुसार विश्वव्यापी कोरोना महामारीको कारण उडान स्थगित हुँदा फर्किन नपाएकाहरु अब कोरोना सम्बन्धी स्वास्थ्य मापदण्ड पूरा गरेर फर्किन पाउने भएका हुन् ।

दूतावसले  छुट्टीमा गएकाहरु बहराइन आउन सक्ने भन्दै २११ जनाको सूची समेत सार्वजनिक गरेको छ ।

दूतावासका अनुसार बहराइन फर्किँदा यी नियमहरु भने पालना गर्नुपर्ने छ –

  • बहराइन फर्किनेहरुको भ्यालिड भिषा, श्रम स्वीकृति, कोरोनाको नेगेटिभ रिपोर्ट तथा कागजात साथमा हुनुपर्ने छ ।
  • आफ्नो रोजगारदाताले रोजगार दिने अस्थयी ग्यारेन्टी आफैले गर्नुपर्ने हुन्छ
  • बहराइन पुगेपछि ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराई ७ दिन आइसोलेसन बसेर पुन: ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराउनुपर्ने दूतावासले जनाएको छ ।
  • बहराइन पुगेपछि कुनै कारण अध्यागमन विभागले फिर्ता गरेमा त्यसको जिम्मा समेत आफैले लिनु पर्नेछ ।

बहराइनबाट विभिन्न समयमा छुट्टीमा नेपाल गएका धेरै नेपाली कामदारहरु कोरोनाका कारण हवाई उडान स्थगित हुँदा पुनः बहराइन फर्कन सकेका छैनन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ९ : १४ बजे

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले

चितवनमा हात्तीको वनभोज (तस्बिरहरू)

चितवन– विद्यार्थी, युवा–युवती वा अन्य उमेर समूहका मानिस एकजुट भएर वनभोज