मेस्सीले भने : म बार्सिलोनामै रहन्छु « Khabarhub

मेस्सीले भने : म बार्सिलोनामै रहन्छु


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब नछाड्ने घोषणा गरेका छन्।

पछिल्लो दुई सातादेखि उनले बार्सिलोना छाड्ने बताउँदै आएका थिए। तर, केही समय अघिमात्र उनले अब यो सिजन बार्सिलोनामै रहने बताएका हुन् ।

अघिल्लो हप्ताको मंगलबार मेस्सीले बार्सिलोना छाड्ने भन्दै अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई पत्र लेखेका थिए।

बार्सिलोनाबाट सर्वाधिक गोलकर्ता मेस्सी गएको सिजनको उपाधिविहीन यात्राबाट आजित हुँदै क्लब छाड्ने योजनामा पुगेका थिए।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८-२ गोल अन्तरको लज्जास्पद हार पछि मेस्सीले क्लबका अध्यक्ष बर्तमोउलाई पत्र लेखेका थिए।

जसमा उनले आफ्नो भविष्य बार्सिलोनामा भन्दा बाहिर देखेको जनाएका थिए ।

बार्सिलोनाले नयाँ प्रशिक्षकका रुपमा आफ्नै पूर्व खेलाडी रोनाल्ड कोम्यानलाई भित्र्याइसकेको छ।

कोम्यानले मेस्सी सहितको बार्सिलोनाको परियोजना बनाएका समाचार आइसकेका छन्।

३३ वर्षीय मेस्सीका लागि प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले निकै कसरत गरेपनि मेस्सी स्पेनमै रहने घोषणापछि अहिलेलाई सिटीको प्रयास सबै अर्थहीन भएको छ।

६ पटकका बालन डिओर विजेता मेस्सीलाई क्लबमा राख्न बार्सिलोनाले पनि निकै कसरत गर्नु परेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ०० बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको