कतारद्वारा एसियाडको 'लोगो' र 'स्लोगन' सार्वजनिक | Khabarhub Khabarhub

कतारद्वारा एसियाडको ‘लोगो’ र ‘स्लोगन’ सार्वजनिक


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारले सन् २०३० को एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आयोजना गर्ने जनाउँदै आधिकारिक लोगो र नारा सार्वजनिक गरेको छ ।

कतारले २०३० को २१ औं एसियाली खेलकुद दोहामा गर्ने दावी यसअघि नै गरिसकेको थियो ।

अहिले दोहा २०३० आयोजक शहरको दावी कमिटीले त्यसको लोगो र नारा सार्वजनिक गरेको हो ।

कतार ओलम्पिक कमिटीका अध्यक्ष तथा दोहा २०३० एसियन गेम्स बिडिङ कमिटीका प्रमुख शेख जोन बिन हमाद बिन खालिफाले कतारी खेलाडी र समितिका प्रतिनिधिहरुसँगको भर्चुअल  बैठकमा एसियाडको आधिकारिक लोगो र नारा सार्वजनिक गरेका हुन् ।

एसियाली खेलकुदको नारा ‘योर गेट वे’ राखिएको छ । लोगोले भने कतारको परम्परा, आधुनिकताको संयोजन र एसियाको स्थायी विरासतको साथ जादुयी खेलहरूको आयोजना गर्ने प्रतिबद्धतालाई प्रतिविम्वित गरेको छ ।

कतारले पछिल्लो १५ वर्षमा विश्वका ठूला खेल प्रतियोगिताहरुको सफल आयोजना गरिसकेको छ । यसअघि दोहाले सन् २००६ मा १५ औं संस्करणको एसियाली खेलकुदको आयोजना गरेको थियो ।

त्यसयता कतारमा एथलेटिक्स, ह्यान्डबल, जिम्न्यास्टिक्स जस्ता विश्व च्याम्पियनसिपको आयोजना भइसकेका छन् ।

गतवर्ष आइएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपको आयोजना गरेको कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्दैछ ।

दोहाका साथै साउदी अरेवियाको रियाद शहरले पनि एसियाली खेलकुद २०३० को आयोजनाको दावी गरेको छ।

अब ओलम्पिक काउन्सिल अफ एसिया ओसिएको नोभेम्बर ३० मा बस्ने साधारण सभाले आयोजक राष्ट्र छान्नेछ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ५७ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित