कुवेतमा अबैध मदिरासहित दुई नेपाली पक्राउ « Khabarhub

कुवेतमा अबैध मदिरासहित दुई नेपाली पक्राउ



दोहा- कुवेतमा अबैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।

कुवेतको अहमदी पुलिसले अपार्टमेन्टमा छापा मार्दा उनीहरु पक्राउ परेको जनाइएको छ । उनीहरुलाई महबुला उपमहानगरबाट पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

घरेलु मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ, दर्जनौँ ब्यारेल (ड्रमहरु), केही उपकरण र बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिरासहित पक्राउ गरिएको हो ।

उनीहरुलाई कानूनी प्रकृया अघि बढाउन सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ । यसघि पनि कुवेत प्रहरीले मदिरा भट्टी सञ्चालन गर्ने एक महिलासहित केही नेपालीहरुलाई नियन्त्रणमा लिएको थियो । कुवेतमा मदिराको कारोबार अबैधानिक मानिन्छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ६ : ०७ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले