यूएई-काठमाडौँ उडान तालिका सार्वजनिक, २५ दिनमा २८ नियमित उडान « Khabarhub

यूएई-काठमाडौँ उडान तालिका सार्वजनिक, २५ दिनमा २८ नियमित उडान



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौँका लागि २८ वटा उडान हुने भएका छन् ।

आज अर्थात सेप्टेम्बर ५ देखि ३० सम्म हुने नियमित उडान तालिका सार्वजनिक गरिएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२ र २७ तारिखमा दुबईबाट उडान गर्दैछ । यस्तै हिमालय एयरलाइन्सले सेप्टेम्बर ८, १२, १५, १९, २१, २२ २६ र २९ तारिखमा अबुधाबीबाट उडान गर्ने दूतावासले जनाएको छ ।

यसैगरी एयर अरेबियाको सेप्टेम्बर ६, १३, १८, २० , २७, ३० तारिखमा शारजाहबाट उडान गर्दैछ । फ्लाई दुबईले भने सेप्टेम्बर ८, ११, १५, २२, २५, २९ तारिखमा दुबईबाट उडान गर्ने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आफूलाई पायक ठाउँमा यी एयरलाइन्सको टिकट लिन सकिने जनाएको छ । स्वदेश फर्कन चाहनले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेको प्रमाण खुल्ने कागजात बोक्नुपर्ने सूचनामा उल्लेख छ ।

नेपाल पुगेपछि पनि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ९ : ०३ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका