भुजिखोलामा आएको बाढीले बागलुङका १७१ भौतिक संरचनामा क्षति | Khabarhub Khabarhub

भुजिखोलामा आएको बाढीले बागलुङका १७१ भौतिक संरचनामा क्षति


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्रै होइन ठूलो मात्रमा भौतिक क्षति भएको छ ।

बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

बाढीले हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने २४ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।

बाढीले ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको भुजीखोलाले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पुर्‍याएको छ । मुख्यगरी भुजी खोला आसपासको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ ।

ढोरपाटन नगरपालिका–९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीले  ढोरपाटन–९ मा जम्मा ७३ घर र ढोरपाटन–८ मा १० घरमा पूर्ण क्षति भएको छ ।

अन्य ४८ घरमा आंशिक क्षति भएको रेग्मीले जानकारी दिए ।  पूर्ण तथा आंशिक रुपमा क्षति भएका घरबाट ५१८ जना विस्थापित भएका छन् ।

यस्तै १३१ घरसहित ११ लघु जलविद्युत्, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, दुई विद्यालय र १० काठे पुल गरी १७१ भौतिक संरचनामा क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीका अनुसार अधिकांश संरचना पूर्णरुपमै ध्वस्त भएका छन् भने बुर्तिवाङ हुँदै ढोरपाटन जाने सडकको दुई दर्जन बढी स्थानको सडक बगाएको छ ।

ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित जनचेतना प्राथमिक विद्यालयको तीन कोठा भएको भवन, सोही वडाको सुकुरदुङस्थित सरस्वती आधारभूत विद्यालयको तीन कोठे भवन पूर्ण क्षति भएको छ ।

यस्तै ९ नम्बर वडाकै लाकुरीबोटस्थित लाकुरीबोट स्वास्थ्य एकाइको दुई कोठे भवनमा क्षति पुर्‍याएको हो ।

यस्तै भुजीखोला लघु जलविद्युत्का पाँच शाखासहित ११ लघु जलविद्युत्, विभिन्न स्थानका ११ झुोलुङ्गे पुल, पाँच ढलान पुल र १० काठेपुलमा क्षति पुर्‍याएको नगरप्रमुख नेपालीले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ९ : ४० बजे

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९

नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर

चाडपर्व छाडेर काम खोज्न भारत जानेको लर्को

कञ्चनपुर– हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

भोजपुर– १८७२ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा नेपालमै