चक्रवर्तीका भाइ गिरफ्तार, अब पालो रियाको ? « Khabarhub

चक्रवर्तीका भाइ गिरफ्तार, अब पालो रियाको ?


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बइ- सुशान्त सिंह राजपुतको आत्महत्या मामिलामा भइरहेको अनुसन्धानमा ठूलो कारवाही हुन थालेको छ । पछिल्लो पटक रिया चक्रवर्तीका भाइ शोभिक पनि गिरफ्तार भएका छन् ।

यसअघि हिजो नारकोटिक्स कन्टेल ब्यूरोले सामुएल मिरान्डालाई पनि गिरफ्तार गरेको थियो । शुक्रबार बिहान ब्यूरोले रिया, शोभिक र मिरान्डाका घरमा छापा मारेको थियो ।

शुक्रबार बिहानैदेखि नारकोटिक्स कन्ट्रोल ब्यूरोले यी सबैको घरमा छापा मारेको थियो । छापा मार्दा प्राप्त प्रमाणका आधारमा पहिले सामुएल मिरान्डालाई गिरफ्तार गरिएको थियो ।

ब्यूरोले शोभिकलाई पनि सोधपुछका लागि भनेर साथमै लिएर गएको थियो । शोधिक र मिरान्डालाई ड्रग्स डिलर बासित र जैदसँग साथमै राखेर सोधपुछ गर्दा बासित र जैदले शोभिकको पनि संलग्नता रहेको बताएपछि ब्यूरोलाई शोधिलाई गिरफ्तार गर्ने बाटो खुलेको थियो ।

स्रोतका अनुसार ड्रग डिलरहरुसँग शोभिक र सामुएलको कुराकानीमा रियाको संलग्नताको कुरा पटक पटक आएको छ ।

यदि शोभिक र सामुएलसँग सोधपुछको क्रममा यो कनेक्सनको खुलासा भएमा रियालाई पनि गिरफ्तार गर्ने बाटो खुल्नेछ । ब्यूरोले रियालाई फेरि सोधपुछको लागि बोलाउने भएको छ । यस क्रममा उनलाई गिरफ्तार गर्न मिल्ने कुनै पनि आधार भेटिएमा उनलाई तत्कालै गिरफ्तार गरिनेछ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : ३३ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका