विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह - दलगत रुपमा विभाजित नहुनुहोस् | Khabarhub Khabarhub

विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह – दलगत रुपमा विभाजित नहुनुहोस्


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहेका नेपालीलाई राजनीतिक विषयमा दलगत रुपमा विभाजित नहुन आग्रह गरेका छन्।

देशबाहिर रहने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध हुनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ।

अनलाइन माध्यमबाट शुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिका क्षेत्र स्तरको क्षेत्रीय बैठकमा मन्त्री ज्ञवालीले कांग्रेस, कम्युनिष्ट जस् गुट–उपगुटको नाममा विदेशमा झगडा नगर्न आग्रह गरेका छन्।

‘कांग्रेस कम्युनिष्टका नाममा वादविवाद गर्न, आफ्ना वैचारिक मतभिन्नता राख्न त नेपालमै पार्टी र हामी नेताहरु छौ’ मन्त्री ज्ञवालीले भने, ‘तपाईँहरुले (गैरआवासीय नेपाली) फेरि किन त्यहाँ गएर त्यस्तो गर्नुपर्‍यो, नेपालको राजनीतिक विषयमा किन बढ्दा तरङ्गित हुनुपर्‍यो। तपाईंहरु विदेशमा नेपालीपनमात्र लिएर अघि बढ्नुहोस्।’

मन्त्री ज्ञवालीले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानी मात्र होइन गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताए।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  २ : ३० बजे

गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा

बागलुङ– बागलुङको गलकोट अस्पतालमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको

तनहुँको बुल्दीखोलामा पुल निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने कराङकाठबाट बसपार्क

सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

काठमाडौं – क्रिस्टल प्यालेसले पहिलो महत्त्वपूर्ण उपाधिको रूपमा एफए कपको

शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठकमा बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक