कोरोना भाइरसको महामारीले  दुग्ध क्षेत्रमा मात्रै २० अर्बको नोक्सान « Khabarhub

कोरोना भाइरसको महामारीले  दुग्ध क्षेत्रमा मात्रै २० अर्बको नोक्सान



काठमाडौं- कोभिड–१९ को महामारीले डेरी तथा उद्योग क्षेत्रले २० अर्ब रूपैयाँ गुमाएको सरकारवालाहरूले बताएका छन् ।

कोरोना महामारीले ६० प्रतिशत बजार गुम्दा निजी क्षेत्रले मात्रै २० अर्ब रुपैयाँ गुमाएको सरोकारवालाहरुले दाबी गरेका छन् ।

एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिवार आयोजना गरेको ‘कोभिड–१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रियामा सहभागीहरूले महामारी लम्बिदै गए दुग्ध उद्योग क्षेत्र बन्दै गर्ने अवस्थामा पुग्न सक्ने बताए ।

बागमती प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले महामारीले दुग्ध क्षेत्र मात्रै नभई मर्कामा परेका किसानको पनि प्याकेजमै समस्या समाधान गर्ने कोशिस भएको बताए ।

किसानले उत्पादन गरेको दुधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार र निजी क्षेत्रको सहकार्यम समस्या समाधान गर्नुपर्ने बताए ।

‘कोरोनाका कारण अहिले सबै क्षेत्रमा समस्या छन्, तर यसमा सबभन्दा बढी समस्यामा किसान छन्, मन्त्री लामाले भने, ‘प्रदेश सरकारले सहयोग गर्ने तयारी गरिरहेको छ ।’

डेरी तथा दुध क्षेत्रको समस्याको बारेमा आफूले संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रीसँग पनि छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने उनले प्रतिवद्धता जनाए ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसान उत्पादन गर्दै आएको दुधको बजार ३० प्रतिशतले गुमेको बताए ।

‘मुलुकभर सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको छ,’ उनले भने, ‘अहिले सबै समस्या किसानसँग ठोकिएको छ ।’

किसानलाई डेरी उद्योगीले चार महिनादेखि भुक्तानी नदिएको गुनासो बढेकाले समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने उनले बताए ।

नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगको ६० प्रतिशत बजार समाप्त हुँदा २० अर्बको नोक्सान बेहोरिसकेको बताए ।

दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा अहिले बजारमा ३१ लाख लिटर दुध मात्र बजारमा जाने गरेको उनले जानकारी दिए ।

कोरोना महामारीमा अत्यावश्यक वस्तुको रुपमा डेरी क्षेत्रलाई राखि पनि ढुवानी तथा उद्योग सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुःख दिने गरेको उनको गुनासो छ ।

दैनिक दुध संकलनमा ३० देखि ४० रुपैयाँ घाटा भइरहेको बताउँदै उनले उत्पादन भएपनि विक्रि नभएको कारण भण्डारण तथा व्यवस्थापनमा समस्या भएकाले सरकारले यसतर्फ ध्यान दिन पर्ने बताए ।

घिउ, बटर, चिज उत्पादन गरेर भण्डार भइरहेको छ तर त्यसलाई कसरी बेच्ने भन्ने समस्याले सताएको उल्लेख गर्दै उनले भने, ‘यो क्षेत्रमा सरकारले पनि सहजिकरण गर्नुपर्छ ।’

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ६ : २८ बजे

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान