नेसन्स लिग : एम्बाप्पेले गोलमा फ्रान्सको विजयी शुरूवात « Khabarhub

नेसन्स लिग : एम्बाप्पेले गोलमा फ्रान्सको विजयी शुरूवात


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्टार फरवार्ड केलियन एमबाप्पेले गोल गर्दा फ्रान्सले यूईएफए नेसन्स लिगमा विजयी शुरुवात गरेको छ ।

फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

फ्रेन्ड्स एरिना सोल्नमा गएराति भएको खेलमा पाहुना टोली फ्रान्सको जितमा एमबाप्पेले गरेको एक गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाएपनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् ।

खेलको शुरुवातमा घरेलु टोली स्वीडेनले दवावमा राखे पनि फ्रान्सको रक्षापङ्ति तोड्न सकेन ।

खेलको ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट १–० को अग्रता लिएको थियो । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र फ्रान्सले १-० को जित निकाल्यो ।

यससँगै समूह ‘ए’ –३ मा ३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा  रहेको छ । समान ३ अंक जोडेको पोर्चुगल गोलअन्तरका आधारमा समूहको पहिलो स्थानमा छ । अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र पुछारमा छन् ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : ४४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने