पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ « Khabarhub

पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण थालिएको छ ।

पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ ।

जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास नगरपालिकामा ११५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा ११० र पैयुँ गाउँपालिकामा ११० जनाको स्वाब सङ्कलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको हो ।

समुदायमा पुगेर स्वाब सङ्कलन गरिएका ९४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए ।

उनका अनुसार पर्वत अहिलेसम्मलाई सुरक्षित देखिएको छ । समुदायमा बाहेक कन्ट्याक्ट ट्रेसिङमा परेका २४० जनाको पनि नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

पर्वतमा गत चैत ११ गतेपछि भारतबाट एक हजार ११३ र भारतबाहेक तेस्रो मुलुकबाट ३६१ व्यक्ति जिल्ला भित्रिएका छन् । उनीहरुसहित हालसम्म पर्वतमा दुई हजार १४० पुरुष र ३७८ महिला गरी दुई हजार ५१८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पर्वतमा हालसम्म विदेशबाट फर्किएका र कन्ट्याक्ट ट्रेसिङका गरी जम्मा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १०३ उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

अहिले छ सङ्क्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटटेन्डेन्ट डा.शिशिर देवकोटाका अनुसार ती सङ्क्रमितको सोमबार स्वाब सङ्कलन गरी पुनः परीक्षणका लागि पठाइने छ । उनीहरुमा कुनै लक्षण देखिएको छैन ।

पर्वतमा समुदायमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर निषेधाज्ञालाई कडा पारिएको छ । पछिल्लो एक सातादेखि सार्वजनिक सवारीका साधनहरु पूर्णरूपमा बन्द गरिएको छ ।

जिल्ला भित्रिने सबै नाकाहरुमा सवारी जाँचमा कडाइ गरिएको छ । सदरमुकाम र पालिकास्तरमा समेत जनचेतनाका कार्यक्रमलाई प्रहरी र स्थानीय तहका कर्मचारीले निरन्तर प्रभावकारी बनाइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : २३ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट