भारतीय अभिनेता सुशान्त मृत्यु प्रकरण : प्रेमिकाका भाइसहित ४ जना पक्राउ « Khabarhub

भारतीय अभिनेता सुशान्त मृत्यु प्रकरण : प्रेमिकाका भाइसहित ४ जना पक्राउ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्तीसहित ४ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुशान्तकै प्रबन्धक श्यामुअल मिरान्डा, सुशान्तका घरेलु सहायक दीपेश सावन्त र अर्का एक जनालाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले नियन्त्रणमा लिएको हो।

बीबीसी हिन्दीले जनाए अनुसार दीपेशले लागुऔषध खरिद एवं कारोबार गर्ने गरेको पाइएकाले उनलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : ०२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको