प्रहरीबारे गरेको ट्वीटका कारण विवादमा तानिइन् कंगना « Khabarhub

प्रहरीबारे गरेको ट्वीटका कारण विवादमा तानिइन् कंगना


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – मुम्बई प्रहरी, महाराष्ट्र, फिल्म उद्योग र यीसँग जोडिएका विषयमा दिएका अभिव्यक्तिका कारण भारतीय कलाकार कंगना रनावत विवादमा तानिएकी छिन् ।

कंगनाविरुद्ध एक सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीमा उजुरीसमेत दिएका छन् ।

सन्तोष देशपाण्डे नामक व्यक्तिले शनिवार अनलाइन उजुरी गरेको बताएका छन् । उनले आफ्नो बयानमा कंगनाले महाराष्ट्रको गौरव र आत्मसम्मानमा अपूरणीय ढंगले क्षति पुर्‍याएको बताएका छन् ।

उजुरीकर्ताले कंगनाको ट्वीट भड्काउ भएको पनि बताएका छन् ।

उनीमाथि अरुलाई उक्साएको आरोप लगाइएको छ । उजुरीकर्ता देशपाण्डेले भनेका छन्, ‘अभिनेत्रीद्वारा गरिएको ट्वीट सही छैन, यसले मान्छेलाई उक्साइरहेको छ, उनले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरेकी छिन् ।’

कंगनाले हालै आफूलाई फिल्म माफियासँग भन्दा बढी मुम्बई प्रहरीसँग लाग्ने बताएकी थिइन् । राज्य प्रहरीको विषयमा दिएको यस्तो अभिव्यक्तिले कंगनालाई विवादमा तानेको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १० : १३ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका