शाहरुख र कार्तिक एउटै फिल्ममा ? | Khabarhub Khabarhub

शाहरुख र कार्तिक एउटै फिल्ममा ?


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘जिरो’ असफल भएपछि बलिउड कलाकार शाहरुख खानले कुनै फिल्ममा पनि अभिनय गरेका छैनन् ।

उनका पछिल्ला केही फिल्म बक्स अफिसमा असफल रहे । त्यसैले पनि शाहरुख राम्रो फिल्मको प्रतीक्षामा छ । फिल्ममा अभिनय गर्ने खबर पटकपटक आए पनि आधिकारिक रुपमा भने उनले फिल्ममा अभिनय गर्ने घोषणा गरेका छैनन् ।

शाहरुख अहिले यस्तो स्क्रिप्टको खोजीमा छन्, जुन स्क्रिप्टले क्यामराको फ्रेममा उनलाई पुन: हिट बनाउन सकोस् ।

अर्कातिर, शाहरुखले राजकुमार हिरानीको फिल्ममा काम गर्ने चर्चा पनि चलेको छ ।

यसैबीच शाहरुख खानले अर्को एक नयाँ फिल्ममा काम गर्ने चर्चा चल्न थालेको छ । उक्त फिल्म शाहरुख खानले आफै निर्माण गर्ने बताइएको छ ।

फिल्ममा कार्तिक आर्यनले शीर्ष भूमिका निभाउने जनाइएको छ । खबरका अनुसार फिल्मको शीर्ष भूमिकाका लागि कार्तिक आर्यनलाई अफर गरिएको छ । उक्त फिल्ममा शाहरुखको पनि अभिनय रहने सम्भावना छ । यद्यपि फिल्ममा शाहरुखले अभिनय गर्ने या नगर्नेबारे कुनै जानकारी दिएका छैनन् ।

फिल्ममा तापसी पन्नुको पनि अभिनय रहने जनाइएको छ । तापसी र शाहरुखले यसअघि बदला फिल्ममा काम गरेका थिए । जुन फिल्ममा अमिताभ बच्चनको पनि शीर्ष भूमिका थियो ।

शाहरुखले निर्माण गर्ने यो फिल्ममा अजय बहलको निर्देशन रहने जनाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ११ : ३० बजे

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं– लागूऔषध गाँजा जस्तो देखिने वस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ

मन्त्री घिसिङद्वारा नयाँ संघीय संसद् भवनको निरीक्षण

काठमाडौं– सहरी विकास, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले नयाँ संघीय

मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

काठमाडौं– नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना

छठको लागि सिँगारिए जनकपुरधामका जलाशय (तस्बिरहरु)

जनकपुरधाम– छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन्

उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो : ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको