राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्का फिनिक्स कलेजको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त « Khabarhub

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्का फिनिक्स कलेजको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नयाँ बानेश्वरस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्टको एमबीए कार्यक्रममा ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएका छन् ।

कलेजले उनलाई आगामी दुई वर्षका ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

फिनिक्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य डाक्टर विनोदबहादुर खत्रीले भने, ‘पारस खड्काको कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययनप्रतिको लगावले के प्रष्ट्याउँछ भने फिनिक्स कलेज अफ म्यानेजमेन्ट राष्ट्रिय नायक तथा मेधावी विद्यार्थीको पहिलो रोजाइमा परेको कलेज हो ।’

कलेजका निर्देशक लक्ष्मण पोख्रेलले पारस खड्का कलेजको एमबीए कार्यक्रममा ब्राण्ड एम्बेसडर भएको घोषणा गरी दुई वर्षको लागि अनुबन्ध गरिएको शनिबारकाे एक कार्यक्रममा जानकारी दिए ।

एम्बेसडर घाेषणापछि पूर्वकप्तान खड्काले भने, ‘खेलाडीहरूका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक छ, विशेष गरी खेलको क्यारियरपछि उनीहरूको भविष्यका लागि, एक शिक्षित खेलाडी आफैलाई, विश्व र खेललाई अझ राम्ररी बुझ्न सक्षम हुन्छ ।’

फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए तथा बीबीए कार्यक्रम सञ्चालन गर्ने नेपालकाे पहिलाे कलेज हाे ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : ३९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना