राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्का फिनिक्स कलेजको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त « Khabarhub

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्का फिनिक्स कलेजको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नयाँ बानेश्वरस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्टको एमबीए कार्यक्रममा ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएका छन् ।

कलेजले उनलाई आगामी दुई वर्षका ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

फिनिक्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य डाक्टर विनोदबहादुर खत्रीले भने, ‘पारस खड्काको कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययनप्रतिको लगावले के प्रष्ट्याउँछ भने फिनिक्स कलेज अफ म्यानेजमेन्ट राष्ट्रिय नायक तथा मेधावी विद्यार्थीको पहिलो रोजाइमा परेको कलेज हो ।’

कलेजका निर्देशक लक्ष्मण पोख्रेलले पारस खड्का कलेजको एमबीए कार्यक्रममा ब्राण्ड एम्बेसडर भएको घोषणा गरी दुई वर्षको लागि अनुबन्ध गरिएको शनिबारकाे एक कार्यक्रममा जानकारी दिए ।

एम्बेसडर घाेषणापछि पूर्वकप्तान खड्काले भने, ‘खेलाडीहरूका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक छ, विशेष गरी खेलको क्यारियरपछि उनीहरूको भविष्यका लागि, एक शिक्षित खेलाडी आफैलाई, विश्व र खेललाई अझ राम्ररी बुझ्न सक्षम हुन्छ ।’

फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए तथा बीबीए कार्यक्रम सञ्चालन गर्ने नेपालकाे पहिलाे कलेज हाे ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : ३९ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये