बुटबलमा डायलाइसिस गराउने सबै बिरामीको पीसीआर परीक्षण निःशुल्क « Khabarhub

बुटबलमा डायलाइसिस गराउने सबै बिरामीको पीसीआर परीक्षण निःशुल्क


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल— बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलाइसिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ ।

डायलाइसिस गराउनुअघि कोरोना संक्रमण (कोभिड—१९) संक्रमण भए नभएको टुङ्गो गर्ने भएपछि थप उपचार सहज हुने भएको छ ।

बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलाइसिसका सबै बिरामीहरूको कोभिड—१९ को सबै परीक्षण निःशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गर्ने र उक्त स्थानसम्म पुग्नसमेत नसक्ने अवस्थाकालाई बसेको स्थानमै समेत पुगेर परीक्षण गर्ने गरी काम सुरु भएको नगरप्रमुख सुवेदीले बताए ।

उनका अनुसार अस्पतालहरूमा डायलाइसिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने सबै बिरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ ।

पीसीआर परीक्षणका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने छ । बुटवलले कोभिड—१९ सम्बन्धी सिफारिस समेत सहज र निःशुल्क बनाएको पनि जनाइएको छ ।

बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलाइसिल गर्ने बिरामीको संख्या करिब छ सय रहेको बताइएको छ । अहिले महामारीको बेलामा यी सबै बिरामीको नियमित डायलाइसिसअघि डेढ महिनामा दुई पटक पीसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

बुटवल उपमहानगरले बन्दाबन्दीले आउजाउमा समस्या परेका दीर्घ रोगीलाई घरमै पुगेर अत्यावश्यक औषधि वितरण, सुत्केरीलाई पोषणका आहार वितरण, अपाङ्गता भएकालाई आवश्यक सामग्री वितरण गर्दै आएको छ । नगरप्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य स्वास्थ्य प्राविधिकसहित संक्रमितको मनोबल बढाउन घरघरमा पुगेका थिए ।

विभिन्न ठाउँमा संक्रमितमाथि दुव्र्यवहारका घटना हुने गरेकामा बुटवलमा भने प्रमुख, उपप्रमुख संक्रमितको घरघरमै पुगेर हौसला बढाउने मुलुकमै नौलो कामको थालनी भएको हो ।

कोभिड—१९ संक्रमण भएर आइसोशलनमा बसेकालाई घरघमै पुगेर आयुर्वेद औषधि वितरण गर्ने क्रममा डायलाइसिसका बिरामीका बारेमा सूचना पाउना साथ उपमहानगरले सबैको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको र सबै वडामा निर्देशन जारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले वताए ।

बुटवलमा डायलाइसिस गराउनेमा सबैभन्दा धेरै संख्या गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पताल छ । त्यहाँमात्रै करिब तीन सय जनाको नियमित डायलाइसिस हुने गरेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

अध्यक्ष आलमका अनुसार यो संख्या अहिले मुलुकका सबै डायलाइसिस सेन्टरको भन्दा धेरै हो । उक्त अस्पतालले बन्दाबन्दीको समयमा अरू उपचार सेवा सबैतिर प्रभावित हुँदासमेत त्यहाँ यसखालको उपचार चौबिसै घण्टा चालु राखेको थियो । अहिले अस्पतालमा केही स्वास्थ्यकर्मी र केही कर्मचारीमा समेत संक्रमण देखिएको भए पनि निःसंक्रमण गरिएको छ ।

उपमहानगरले निःशुल्क पीसीआर गर्ने सूचना जारी गरेपछि बुटवलमा डायलाइसिस गराउँदै आएका बिरामीको सिफारिस आएको उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखाका प्रमुख मित्रमणि खनालले वताए ।

मृर्गौलाले काम गर्न छोडेपछि मानिससँग दुई विकल्प हुन्छन्, प्रत्यारोपण र बाँचुन्जेल सातामा कम्तीमा दुईपटक डायलाइसिस । विशेष मेशिनको सहायताले रगत शुद्ध गर्ने प्रक्रिया डायलाइसिस हो । सरकारले यो सेवा निशुल्क बनाएको छ ।

चिकित्सकका अनुसार एकपटके डायलाइसिसमा चार घन्टासम्म समय लाग्छ । एउटा मेशिन तीन सिफ्टमा चल्दा दैनिक तीन जनाको डायलाइसिस हुन्छ । स्वास्थ्य मन्त्रालयको हालैको तथ्यांकअनुसार निःशुल्क डायलाइसिसका लागि देशभर ५२१ वटा मेशिन चालु छन् । यीमध्ये आधाभन्दा धेरै काठमाडौँमा छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : ०५ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ