विराटनगरमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु « Khabarhub

विराटनगरमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरस्थित कोशी अस्पताल उपचारारत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धको गएराति सवा ३ बजे मृत्यु भएको हो ।

१० दिन होम आइसोलेसनमा बसेका ती वृद्धमा भदौ ११ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै रहेका बेला श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही भदौ २० गते  अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १ : ४८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार