नेपालमा थपिए ९७९ कोरोना संक्रमित « Khabarhub

नेपालमा थपिए ९७९ कोरोना संक्रमित


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ थियो ।

पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २८ हजार ९४१ थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ४ : २७ बजे

सरकारले सुकुम्वासीलाई १५ हजार रुपैयाँ घरभाडा दिएपनि कोठा चाहिँ कसले दिने ?

काठमाडौँ- सरकारले गत वैशाख ११ गते काठमाडौंको थापाथली र गैरीगाउँलगायत

मिथिलामा आज ‘वटसावित्री’ पर्व मनाइँदै

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वटसावित्री

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को